मकवानपुरमा सवारी दुर्घटना : दुईको मृत्यु

accident_
लोकपाटी न्यूज
0 Shares

मकवानपुर। कान्ति लोकपथमा पर्ने मकवानपुरको बकैया गाउँपालिका-१२ ठिंगन नजिकै आज ९शनिबार० बिहान भएको कार दुर्घटनामा घाइते भएका ३ मध्ये दुईजनाको मृत्यु भएको छ।

कारमा सवार मकवानपुरको भीमफेदी गाउँपालिका- ८ का प्रमेबहादुर ब्लोन र रौतहटको मौलापुर नगरपालिका ६ का १७ बर्षीय विवेक साहको मृत्यु भएको हो।

ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको टाटा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो। दुर्घटनामा बाराको निजगढ नगरपालिका–६ का ३० वर्षीय सन्दीप साह गम्भीर घाइते भएका छन्। उनको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्