प्रहरी जवान घिमिरे मृत भेटिए

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। काठमाडौंको मनमैजुमा प्रहरी जवान मृत भेटिएका छन्। काठमाडौं प्रहरी परिसरका प्रमुख बसन्त रजौरेका अनुसार शुक्रबार साँझ तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरे मृत भेटिएका हुन्।

मृत भेटिएका घिमिरे ट्राफिक प्रहरी कार्यालय दरबारमार्गमा कार्यरत थिए। उनको शरीरमा चोटपटक र शंकास्पद रहेको पनि एसएसपी रजौरेले जानकारी दिए। उनले घटनास्थलमा तालिमप्राप्त कुकुर परिचालन गरि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्