काठमाडौंमा हावाहुरीसहित वर्षा

mausam water
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। हाल काठमाडौंमा स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षा भइरहेको छ। काठमाडौंमा हावाहुरीसहित वर्षा भएको हो। मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौंमा धेरै स्थानमा अहिले हावाहुरीसहित वर्षा भइरहेको छ।

उपत्यकाको उत्तरी भेगका अधिकांश ठाउँमा वर्षा भइरहेको तथा करिब दुई दिन घण्टा वर्षासहित मौसम बदली भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै आज बागमती, कोषी तथा मधेस प्रदेशका एक दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्