विपक्षी दलहरुको अवरोधपछि संसद बैठक स्थगित

Congress-samsad-abarodh-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ। सभामुखले बैठक सुरु भएको घोषणा गर्नेवित्तिकै कांग्रेसका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए ।

सभामुखले कांग्रेस सांसदहरूलाई बस्न गरेको आग्रह नसुनेर उनीहरू बेल घेर्न पुगेर नाराबाजी गरेका थिए। उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै आएका छन्। प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन्।