काठमाडौंको थलीमा एक पुरुष मृत भेटिए

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५ थलीमा शंकास्पद अवस्थामा मृत फेला परेका पुरूषको पहिचान खुलेको छ।

मृतक पुरूष चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङका कृष्ण नगरकोटी भएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ। प्रहरीले शवसँगै भेटिएको सवारी चालक प्रमाण पत्रका आधारमा परिचय यकिन भएको जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

नगरकोटी मंगलबार बिहान साढे पाँच बजेतिर मृत अवस्थामा फेला गरेका थिए। उनको शव मुलपानीबाट थलीतर्फ जाने सडकको बायाँतर्फको निर्माणाधीन पर्खालमा फेला परेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्