आज कति छ सुनचाँदीको मूल्य ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ। स्थानीय बजारमा पहेँलो धातुको मूल्य मंगलबार तोलामा १२ सयले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकोमा आजका लागि एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ।

यस्तै तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा आजका लागि एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ।

चाँदीको मूल्य पनि तोलामा ५५ ले घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ८५ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्