काँग्रेसको अवरोधकाबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

Congress_Sansad
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज पनि संसदमा अवरोध जारी राखेको छ। अवरोधकाबीच संसद्को नियमित कामकारबाही भने सुरु भएको छ।

काँग्रेसको अवरोधकाबीच राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव पारित भएको छ। गत जेठ १ गते बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

काँग्रेसको नाराबाजी र बेल घेराउका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबुल गरेका थिए। त्यसपछि उक्त प्रस्तावलाई सभामुख घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए।

सभामुख घिमिरेले धन्यवाद प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिरहँदा काँग्रेससहितका विपक्षी दलहरूले बेल घेराउ र नाराबाजी गरिरहेका थिए। तर, सभामुख घिमिरेले ध्वनि मतका आधारमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे। र, प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको हो।