लगातार तेस्रो दिन शेयर बजारमा हरियाली

share-market-
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। शेयर बजार लगातार तेस्रो दिन दोहोरो अंकले बढेको छ। शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ९४ अंकले बढेर दुई हजार एक सय १५ दशमलव ९४ विन्दुमा पुगेको छ।

आज विकास बैंक र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, माइक्रोफाइनान्स, हाइड्रोपावर समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

आज जानकी फाइनान्स, नेरुडे मिर्मिरे लघुवित्त र सामुदायिक लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन साइन रेसुङ्गा विकास बैंकको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ।

दोहोरो अंकले बजार बढेको दिन तीन सय १७ वटा कम्पनीका एक करोड ३२ लाख कित्ता शेयर पाँच अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ। आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको २४ करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्