मौसम पुर्वानुमान : यी क्षेत्रमा वर्षाको सम्भावना

mausam water
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोसी र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ। पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्