सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ?

Gold
लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा आज (बिहीबार सुनचाँदीको भाउ घटेको छ। आज सुनको भाउ एक हजार आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ३८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बुधबार सुनको भाउ एक लाख ४० हजार पाँच सय रुपैयाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। चाँदी आज ३५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ। हिजो चाँदी तोलाको एक हजार नौ सय रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्