राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

ramchandra-prachand_pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा सदनको गतिरोध हटाउने विषयमा कुराकानी भएको हो।

राष्ट्रपति पौडेलले संसद्मा जारी गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेका थिए। प्रधानमन्त्री प्रचण्डले संसद संचालनमा देखिएको समस्या समाधानको पक्षमा आफू रहेको राष्ट्रपतिलाई बताए। उनले संसदमा जारी गतिरोध अन्त्यका लागि आफूले पहल गरिरहेको जानकारी दिए।