कैलाश सिरोहियालाई म्याद गर्न अदालत लगिँदै

kailash-sirohiya-pic
लोकपाटी न्यूज
0 Shares

जनकपुरधाम। नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद गप गर्न धनुषा जिल्ला अदालतमा लगिने प्रहरीले जनाएको छ।

सिरोहियालाई म्याद थप गर्नका १०:३० बजे धनुषा जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन आवाले अनुसन्धान नसकिएकोले उनलाई म्याद थप गर्न अदालत लगिने बताएका छन्।

यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्