पर्वत साहित्य संगमको अध्यक्षमा चापागाई

parbat sahite sangam
लोकपाटी न्यूज
0 Shares

निर्मल पौडेल/ पर्वत, १३ जेठ। पर्वत साहित्य संगमको अध्यक्षमा खेमराज शर्मा चापागाई चयन भएका छन्। शनिबार कुश्मामा भएको ८ औं अधिवेशनले चापागाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन चयन गरेको हो।

जसको उपाध्यक्षमा गोकुल शर्मा मञ्जरी, सचिवमा निर्मल पौडेल (एन.पी घायल) ,सह-सचिवमा गिता अधिकारी,कोषाध्यक्षमा मिना गुरुङ चयन भएकी छन्। यस्तै सदस्यहरुमा सिता पौडेल, दिपसागर पौडेल,राजु बि.क.,स्वइच्छा आचार्य र करिष्मा क्षेत्री मल्ल चयन भएका छन्। अधिवेशनको निर्वाचन मण्डलमा संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्प संयोजक रहने गरी पूर्वअध्यक्षहरु इन्द्रमान खत्री र राजेन्द्र पहाडीलाई जिम्मा दिइएको थियो।
सोही निर्वाचन मण्डलले सव्य रुपमा सर्वसहमतिमा नयाँ कार्यसमिति गठन गरेको हो।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई फुलमाला र अविर लगाएर हार्दिक वधाई तथा शुभकामना समेत व्यक्त गरिएको छ। यस्तै सल्लाहकार समितिमा लक्ष्मीप्रसाद शर्मा,लक्ष्मीराज शर्मा पौडेल,यम ढुंगाना के.सी.सुन्दरप्रसाद जोशी,गोविन्दप्रसाद भुषाल र धु्रवलाल शर्मालाई चयन गरिएको छ।

सोही अवसरमा वृहत रचना वाचन सहित ५ साहित्यकारका विभिन्न विधाका ५ कृति लोर्कापण गरिएको छ। संस्थाका सल्लाहाकार तथा साहित्यकार लक्ष्मीप्रसाद शर्मा पौडेलको कविता संग्रह भाव तरङ्ग, संस्थाका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्पको हाईकु संग्रह निर्मिमेष हेराई, पूर्वअध्यक्ष इन्द्रमान खत्रीको हाईकु संग्रह घाम छाँया,पूर्व अध्यक्ष डि.आर शर्माको मुक्तक संग्रह सुषुप्त ज्वालामुखी र संस्थाका संस्थापक अध्यक्ष इन्द्रकुमार विकल्प ,पुर्व अध्यक्षहरु इन्द्रमान खत्री,राजेन्द्र पहाडी र डि आर शर्माको संयुक्त लघुकथा संग्रह सम्मिलन एकैसाथ लोर्कापण गरिएको हो।

कृतिहरुको लोर्कापण कार्यक्रमका प्रमुख अतिथि तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले गरे। कृति लोर्कापण गर्दै विखर्चीले मोफसलमा रहेर पनि पर्वत साहित्य संगमले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म नेपाली भाषा,कला, साहित्य र संस्कृतिको जगेर्ना गर्नमा अतुलनिय योगदान पु¥याउनु निकै सह्रानिय रहेको बताए। बिखर्चीले पर्वतमा छिट्टै प्रज्ञा प्रतिष्ठान स्थापना हुनुपर्नेमा जोेड दिए। लोर्कापण कृतिहरुको समिक्षा नेपाली विषय विज्ञ तथा शिवालय बहुमुखी क्याम्पसका उप प्रध्यापक धनपति रेग्मीले गरेका थिए।

सोही कार्यक्रममा संस्थाको उन्नयनमा महत्वपुर्ण योगदान गर्ने २ जना संस्थापक सदस्यहरु लाई खादा, माला ,दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको छ। सम्मानित हुुुनेमा गोविन्द पहाडी र हरी बहादुर लामिछाने रहेका छन्। कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष डि.आर. शर्माले आफ्नो कार्यकाल पुर्ण रुपमा सफल पार्न विभिन्न तह र तप्काबाट सहयोग गर्ने सवैमा हार्दिक कृतज्ञता व्यक्त गरे। शर्माले आँफू संस्थाको निवर्तमान अध्यक्ष भैरहँदा सदैव अभिभावकिय भुमिका निर्वाह गरिरहने बताए।

यस्तै नवनिर्वाचित अध्यक्ष खेमराज शर्मा चापागाईँले संस्थाले आँफूलाई प्रदान गरेको जिम्मेवारी पूरा गर्न हरदम लागिरहने वाचा गरे। चापागाईले आफ्नो कार्यकाललाई थप रचनात्मक तथा सिर्जनात्म ढंगले अगाडी वढाउने बताए। उद्घाटन सत्रमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन सचिव गोकुल मञ्जरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिना गुरुङले गरेका थिए।

कार्यक्रममा कास्की जिल्ला अदालतका न्यायधिस रामचन्द्र शर्मा पौडेल ,माधुरी साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष सरस्वती शर्मा जिज्ञासु, साहित्यकार विमल शर्मा पौडेल लगायत गण्डकी प्रदेशका विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि तथा साहित्यकार साहित्य अनुरागीहरुको उपस्थिति रहेको थियो। संस्थाका निवर्तमान अध्यक्ष डि. आर शर्माको अध्यक्षता उपाध्यक्ष खेमराज शर्मा चापागाइँको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन गोकुल मञ्जरीले गरेका थिए।