नाराणगढ-मुग्लिन सडकमा पहिरो खस्दा स्काभेटर चालक चौधरीको मृत्यु

accident_
लोकपाटी न्यूज
0 Shares

चितवन। नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ।

सडक विस्तारका लागि भित्ता काटिरहेको समयमा माथिबाट पहिरो खसेको थियो। भित्ता काटिरहेका बा २ क ८६५१ नं. को स्काभेटरका चालक बर्दियाको गेडुवा गाउँपालिका-४ का ३८ वर्षीय मङ्गल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजाले बताए।

आज बिहान पुल निर्माण गर्न भित्तो काट्ने क्रममा माथिबाट पहिरो खस्दा स्काभेटरसहित चौधरी पुरिएका थिए। चालकको उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकामा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्