सरकार पेलेर जाने भए चुनौती सामना गर्न तयार छौं : कृष्णप्रसाद सिटौला

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकार पेलेर जाने भए चुनौती सामना गर्न तयार रहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन्।

सरकार पेलेर जाने हो भने कांग्रेस सहेर नबस्ने उनले चेतावनी दिए। उनले आम जनतामा अन्याय भएको कुरा कांग्रेसले उठाएको बताए। नेता सिटौलाले जनतका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिट्टै सकिने बताए।

उनले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने बताए। उनले कांग्रेससहितका प्रतिपक्ष दलहरूले संसदमा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न कांग्रेस तयार रहेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्