कृष्ण सेन इच्छुकको सम्झनामा प्रेस सेन्टर नेपाल चितवनद्धारा दिप प्रज्वलन

pic-00
लोकपाटी न्यूज
0 Shares

चितवन। साहित्यकार तथा वरिष्ठ पत्रकार कृष्ण सेन इच्छुकको २२औं स्मृति दिवसको अवसरमा आइतबार साँझ भरतपुरमा दिप प्रज्वलन गरिएको छ। प्रेस सेन्टर नेपाल चितवनद्वारा भरतपुरको चौविसकोठीमा आयोजित दिप प्रज्वलन कार्यक्रममा पत्रकार, सर्वसाधारणले महान शहिद कृष्ण सेन इच्छुुकको योगदानको चर्चा गर्दै दिप प्रज्वलन गरेर स्मरण गरे।

२२ औं स्मृति दिवसको अवसरमा आयोजित दिप प्रज्वलन कार्यक्रममा दिप प्रज्वलन गर्दै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले स्व. सेनले नेपाली समाजको रुपान्तरणको आन्दोलनमा पत्रकारीता र साहित्यमार्फत् महत्वपूर्ण योगदान दिएर गएको भन्दै उनले देखाएका आर्दशलाई अनुशरण गर्दामात्र सेनको सच्चा स्मरण हुने बताए।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य प्रकाशमणि ज्ञावालीले स्व. सेनलाई तत्कालिन शासकले गिरफ्तार गरी चरम यातना दिएर पासविक हत्या गरेको प्रसंग उल्लेख गर्दै उनले नेपाली समाजलाई छोडेर गएका योगदान अनुकरणीय रहेको बताउँदै शहिद सेनप्रति श्रद्धाञ्जली अर्पण गरे।

प्रेस सेन्टर नेपाल चितवनका उपाध्यक्ष राजेन्द्र आचार्यले स्वागत मन्तव्य व्यक्त गरेका कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष कृष्ण भण्डारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनकी उपाध्यक्ष शान्ता अधिकारी, समाजवादी प्रेस संगठन चितवनका अध्यक्ष टिकादत्त तिमिल्सीना, प्रेस सेन्टर नेपाल चितवनका सहसचिव नविनबाबु मरहठा लगायतका पत्रकार तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

पत्रकार तथा कवि कृष्णसेन इच्छुकको २०५९ साल जेठ १३ गते काठमाडौंको महेन्द्र पुलिस क्लवमा चरम यातना दिएर पासविक हत्या तत्कालिन सरकारले गरेको थियो। कार्यक्रम प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्य पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्