महाभारत गाउँपालिकासहित देशभरका पाँच स्थानीय तहको बेरुजु शून्य

mahabharat_gaupalika-
लोकपाटी न्यूज
0 Shares

काभ्रे। काभ्रेको महाभारत गाँउपालिका बेरुजु शून्य (बेरुजु नभएको) हुने देशभरका पाँच पालिका मध्येमा परेको छ। महालेखा परीक्षकको कार्यालयले आइतबार ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९ /०८० को लेखापरीणमा शून्य बेरुजु हुनेमा महाभारत गाँउपालिका परेको हो।

यस्तै महाभारत गाँउपालिकासँगै ललितपुरको कोन्ज्योसोम गाँउपालिका, पाँचथरको याङवरक गाउँपालिका, धादिङको र बेनीघाट रोराङ्ग गाउँपालिका बेरुजु शून्य देखाएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजानिक गरेको प्रतिवेदन अनुसार देशभर ७ सय ५३ स्थानीय तह रहेकोमा ७ सय ४६ स्थानीयकोे मात्रै लेखापरिक्षण गरिएको थियो।

लगातारको मिहिनेतले पालिकामा आर्थिक सुशासन कायम गर्न सफल भएको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए। उनले बेरुजु शून्य हुँदा पालिकाको गरिमा बढेकोे बताए। कर्मचारी, जनप्रतिनिधि र सर्वसाधारणको सहयोग र योगदानका कारण शून्य बेरुजु सम्भव भएको उनले बताए।

आर्थिक कारोबारका लागि गरिने सम्पूर्ण प्रक्रिया पूरा गरेकै कारण पालिकाको बेरुजु शून्य भएको महारभात गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि विष्टले बताए।

काभ्रे:

महाभारत गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० मा एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरिक्षण गरेकोमा बेरुजु शून्य रहेको छ। जिल्लामा बेरुजु कम गर्ने स्थानीय सरकारको दोस्रो स्थानमा रहेको पनौती नगरपालिकाले २ अर्ब ६६ करोड ५९ लाख ९७ हजारको लेखापरिक्षण गरेकोमा शून्य दशमलव १६ प्रतिशत अर्थात ४२ लाख ४ हजार बेरुजु रहेको छ।

तेस्रो स्थानमा रोशी गाउँपालिका परेको छ। रोशी सरकारले एक अर्ब ८२ करोड ५१ लाख ४७ हजारको लेखापरिक्षण गरेकोमा शून्य दशमलव २२ प्रतिशत अर्थात ४० लाख ७७ हजार बेरुजु रहेको छ।चौथो स्थानमा तेमाल गाउँपालिका रहेको छ । तेमाल गाउँपालिकाको १ अर्ब २६ करोड २५ लाख ७ हजारको लेखापरिक्षण गरेकोमा शुन्य दशमलव ६६ प्रतिशत अर्थात ८३ लाख ४५ हजार बेरुजु रहेको छ।

पाँचौ स्थानमा बनेपा नगरपालिका छ। बनेपाको २ अर्ब ४२ करोड ३७ लाख ९३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ०२ प्रतिशत अर्थात २ करोड ४७ लाख २५ हजार रुपैयाँ बेरुजु देखिएको छ। छैठौं स्थानमा खानीखोला गाउँ पालिका छ । उसको ८९ करोड ८६ लाख ३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव १९ प्रतिशत अर्थात ७ लाख ८ हजार रुपैयाँ बेरुजु रहेको छ।

सातौं स्थानमा बेथानचोक गाउँपालिका रहेको छ। उसको एक अर्ब ४२ करोड २७ लाख ४३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव २१ अर्थात १ करोड ७१ लाख ८४ हजार रुपैयाँ बेरुजु रहेको छ। आठौं स्थानमा मण्डनदेउपुर नगरपालिका छ। मण्डनदेउपुरले १ अर्ब ६७ करोड १७ लाख ९९ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ४२ प्रतिशत अर्थात २ करोड ९ लाख ७३ हजार बेरुजु रहेको छ।

नवौं स्थानमा धुलिखेल नगरपालिका छ। उसको एक अर्ब ६३ करोड ४५ लाख ४० हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ६३ प्रतिशत अर्थात २ करोड ६६ लाख ८८ हजार रुपैयाँ महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ। दशौं स्थानमा चौंरीदेउराली गाउँपालिका छ।चौंरीदेउरालीले एक अर्ब १ करोड ८३ लाख ८१ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ७९ अर्थात १ करोड ८२ लाख ७३ हजार रुपैयाँ बेरुजु रकम रहेको छ।एघारौं स्थानमा पाँचखाल नगरपालिका छ। पाँचखालको एक अर्ब ८५ करोड ५८ लाख ४३ हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ९९ प्रतिशत अर्थात ३ करोड ६९ लाख ४३ हजार रुपैयाँ बेरुजु रहेको छ।

बाह्रौं स्थानमा नमोबुद्ध नगरपालिका रहेको छ। नमोबुद्धको १ अर्ब ५६ करोड ८८ लाख ९० हजारको लेखापरिक्षण गरेकोमा ३ दशमलव २६ प्रतिशत अर्थात ५ करोड ११ लाख ६९ हजार बेरुजु रहेको छ। जिल्लाको १३ स्थानीय सरकार मध्ये सबै भन्दा बढी बेरुजु भूम्लु गाउँपालिको रहेको छ। भुम्लुले आर्थिक वर्ष २०७१/०८० मा एक अर्ब २० करोड ६९ लाख ४ हजारको लेखापरिक्षण गरेकोमा ४ दशमलव २३ प्रतिशत अर्थात ५ करोड ९ लाख ९४ हजार बेरुजु रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्