नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ महिला पक्राउ

Arrest_Pakrau
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ महिला पक्राउ परेका छन्। नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाको आधारमा प्रहरीले काठमाडौंस्थित स्वागतम् रेष्टुरेन्ट एण्ड बार सञ्चालक २ महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा दोलखा जिरी नगरपालिका- ९ की २५ वर्षीया मञ्जु भनिने सृजना खनाल तामाङ घिसिङ र नुवाकोट वेलकोटगढी नगरपालिका- ४ की २६ वर्षीय निशा भनिने रमिला नेपाली रहेका छन्। उनीहरूले आफ्नो बारमा नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोग छ।

उनीहरूले नाबालिकाको कमजोर आर्थिक अवस्थाको फाइदा लिई रेष्टुरेन्टमा वेट्रेसको काम लगाउने भनी जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ। नाबालिकालाई दैनिक ५ देखि १५ जनासम्म शारीरिक सम्पर्क राख्न बाध्य बनाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ग्राहकसँग शारीरिक सम्पर्क राखे बापत आधा रकम दिने भनी प्रलोभन देखाएको तर, सो रकम पनि नदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पीडित बालिकाको पनि उद्धार गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्