जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Arrest pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। पाल्पामा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा जितपुर सिमराका २७ वर्षीय मुकेश महतो रहेका छन्।

जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी महतोलाई आइतबार साँझ पक्राउ गरेको हो। महतोले ती महिलालाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको अभियोग छ।

उनले पाल्पाको रम्भा गाउँपालिका- ५ स्थित एक होटलमा ती महिलालाई बलात्कार गरेको आरोप छ। उक्त घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्