काँग्रेसको पिछडिएको क्षेत्र समन्वय विभागमा १० सदस्य मनोनीत

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेस पिछडिएको क्षेत्र समन्वयन विभागको सदस्यमा १० जनालाई मनोनीत गरेका छन्।

सभापति देउवाले सोमबार काँग्रेसको विधान २०१७ (संशोधनसहितको धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख रंगमती शाहीको नेतृत्वमा रहेको पिछडिएको क्षेत्र विभागको सदस्यमा १० जनालाई मनोनीत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

​​​​​​​मनोनीत हुनेमा डोल्पाबाट दूधकुमारी हमाल, रौतहटबाट डा. सम्झना खातुन, काठमाडौंबाट स्मारिका सिम्खडा, धादिङबाट उत्तम सिम्खडा, भोजपुरबाट रामकुमार राई, बाजुराबाट ऐनबहादुर मल्ल, पाल्पाबाट अर्जुनप्रसाद रेग्मी, हुम्लाबाट नरबहादुर रोकाया, दैलेखबाट हरिशंकर तिमिल्सेना र बागलुङबाट हिराप्रकाश गौचन छन्।