सरकारले आगामी वर्षको बजेट सार्वजनिक गर्दै आज

budget
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक बजेट सार्वजनिक गर्दैछ। आज (मंगलबार) दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

हरेक वर्ष जेठ १५ गते सरकारले बजेट ल्याउने संवैधानिक व्यवस्था छ। बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सांसदलाई दिउँसो पाने १ बजे अघि नै संसदमा उपस्थित हुन सभामुख देवराज घिमिरेले आग्रह गरेका छन्। सरकारले आज १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।