कार्यदलले बुझायो प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन

Gapyan-patera-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। संसद्‌को गतिरोध अन्त्य गर्नका लागि राजनीतिक सहमति निर्माण र संसदीय समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका छन्। मंगलबार प्रधानमन्त्रीको कार्यालयमा पुगेरले कार्यदलले प्रतिवेदन बुझाएको हो ।

उक्त कार्यादेशमा शीर्ष नेताहरू सहमत भए पछि संसदीय समिति गठनको प्रक्रिया अघि बढ्ने छ। छानबिन समितिको अवधि ३ महिनाका लागि तोकिएको छ भने सात जना सदस्य रहनेछन्।

नेपाली कांग्रेसले समितिको कार्यादेशमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख हुनुपर्ने अडान राख्दै आएको थियो। तर अहिले गोरखा मिडिया नेटवर्कको नाम राखेर सहमति जुटाइएको छ। त्यस्तै २० वटा सहकारीको नाम पनि उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्