सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयाे

Kailash-sirohiya-birami
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नागरिकता विवादमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। सिरोहियालाई गत शुक्रबार स्वास्थ्य समस्या देखिएपछि जनकपुरको काव्य अस्पतालमा भर्ना गरिएको थियो।

चिकित्सकले रेफर गरेपछि सिरोहियालाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। सिरोहियालाई मुटु र उच्चरक्तचाप लगायतको समस्या रहेको चिकित्सकहरूले ब्रिफिङ गरेका थिए। उनलाई काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको हो।

नागरिकता कसुरमा १६ वैशाखमा धनुषा प्रहरीमा परेको जाहेरीको आधारमा सिरोहियालाई गत जेठ ८ गते काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाट प्रहरीले पक्राउ गरेर धनुषा लगेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्