भौतिक पूर्वाधार यातायात मन्त्रालयलाई १ खर्ब ५० अर्ब बजेट

Bhautik-yatayat_Khanepani
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ५० अर्ब ५३ करोड विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि सो रकम विनियोजन गरिएको बताए।

अर्थमन्त्री पुनले पूर्व-पश्चिम राजमार्ग बिस्तारका लागि २९ अर्ब ८८ करोड विनियोजन रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। काठमाडौं-तराई/मधेस द्रुतमार्ग आयोजनाका लागि २२ अर्ब ५४ करोड विनियोजन भएको छ। त्यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि ३ अर्ब ६८ करोड र हुलाकी राजमार्गमा ३ अर्ब ३० करोड रुपैयाँ विनियोजन भएको उनले जानकारी दिए।

त्यस्तै अर्थमन्त्री पुनले हुलाकी राजमार्गमा ३ अर्ब ३० करोड विनियोजन गरिएको बताए। काठमाडौं उपत्यका भित्रका व्यस्त ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ।