मापसे कारबाहीमा परेका चालकलाई कारबाही स्वरुप ट्राफिक स्वयंसेवक

mapase-traffice-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। मादक पदार्थ सेवन गरी कारबाहीमा परेकालाई ट्राफिक प्रहरीले स्वयंसेवकका रुपमा सडकमा खटाउन थालेको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको योजनाअनुसार सवारी नियम उल्लंघन गर्नेहरूलाई बुधबार काठमाडौंका विभिन्न चोकमा खटाएको हो।

मापसेसहित सवारी नियम मिचेरका कारबाही चलाइएका चालकहरूलाई ट्राफिक स्वयंसेवकमा खटाउन थालिएको हो। ट्राफिक स्वयंसेवकहरूले सिंहदरबार, माइतीघर, थापाथली चोकसहितमा पुगेर अब सवारी व्यवस्थापनमा सहयोग गर्न थालेका हुन्।

गृहमन्त्री रवि लामिछानेले मंगलबार गणतन्त्र दिवसको अवसरमा यस्तो नियम घोषणा गरेका हुन्। यस्तै, महिला ट्राफिक प्रहरीहरुका लागि महिनावारी हुँदाको चार दिन सडकमा ड्युटी गर्न जानुनपर्ने नियम लागु गरेका थिए। महिला ट्राफिक प्रहरीहरूलाई महिनावारीका क्रममा आराम दिएपछि त्यसको विकल्पमा मापसेमा परेकाहरूलाई खटाउन थालिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्