माओवादीलाई बलियो बनाउन सक्रिय बने स्पेनमा रहेका नेपाली

pic
लोकपाटी न्यूज
0 Shares

स्पेन। नेपाली जनप्रगतिशील मञ्च स्पेनले जिम्मेवारी बाँडफाँड गर्दै विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ। रोजगारीका लागि स्पेनमा रहेका माओवादी निकट नेपालीहरुलाई एक्यवद्ध गर्दै जिम्मेवारी दिइएको हो। मञ्चको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले संरक्षक तथा सल्लाहकारहरु मनोनीत गरेको छ। संरक्षकहरुमा गंगाप्रसाद भुषाल, श्यामप्रसाद खनाल, अर्जुन आचार्यलाई मनोनीत गरेको छ। यस्तै सल्लाहकार प्रमुखमा कृष्णहरि कँडेललाई मनोनीत गरेको छ।

सल्लाहकार सदस्यहरुमा रामप्रसाद दाहाल, विवेक सापकोटा, सुमि घिमिरे सापकोटा, दिनेश कुमार गिरी, केशरबहादुर थापा, शितल भुर्तेल भुषाल, कृष्ण भुषाल, सुरेन्द्र चौलागाईं, रमेश पण्डित रहेका छन्। मञ्चको प्रवक्तामा विप्लव काफ्लेलाई जिम्मेवारी दिइएको छ। काफ्लेले डेढ दशक बढी चितवनका विभिन्न सञ्चारमाध्यम सक्रिय पत्रकारिता गर्दै आएका थिए। मञ्चले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ।

संघसंस्था समन्वय प्रमुखमा उपाध्यक्ष केशवराज कँडेल, संगठन विभाग प्रमुखमा महासचिव सूर्यप्रसाद सापकोटा धिरज, विधान विभाग प्रमुखमा सचिव गोविन्द अधिकारीलाई जिम्मेवारी दिइएको छ। आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष ज्ञानबहादुर बस्नेत, अनुशासन समिति प्रमुखमा संस्थापक श्यामप्रसाद खनाललाई जिम्मेवारी दिइएको छ। मञ्चका अध्यक्ष विशाल ढुङ्गानाले नेपाल र स्पेनबीचको सम्बन्ध सुधार गर्दै विकास र समृद्धिका लागि सेतुको रुपमा मञ्च सक्रिय रहने बताए।

रोजगारीका शिलशिलामा आइपर्ने समस्या समाधान गर्ने, अवसरमा सहजीकरण गर्दै नेपालीहरुलाई एक्यवद्ध बनाइने बताए। मञ्चले साग्रदा फामिलियामा बार्सिलोना नगरपालिकासँग समन्वय गर्दै मञ्चले झनेपाल पर्यटन प्रवद्र्धन तथा नेपाली नयाँ वर्ष २०८१’ मार्फत नेपाल तथा भरतपुर भ्रमण वर्षको निम्ता समेत बाँडेको थियो। मञ्चकै अगुवाइमा बार्सिलोनामा सञ्चालनमा रहेको स्पेनिस भाषा कक्षा यहि जुलाई पहिलो हप्ता सकिँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्