गाउँठाउँमा साना तथा मझौला उद्योग स्थापनाका सम्भावना खोज्नुपर्छ : मन्त्री भण्डारी

Damodar_Bhandari
लोकपाटी न्यूज

काभ्रेपलाञ्चोक। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफ्नै गाउँठाउँमा साना तथा मझौला उद्योग स्थापनाका सम्भावना खोज्नुपर्ने बताएका छन्। त्यसको लागि सहयोग गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।

बनेपामा आज आयोजित काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघको साधारण सभामा मन्त्री भण्डारीले भने, ‘हाम्रो वरपरका विकासका सम्भावनाका ढोका खोल्न सरकार प्रतिबद्ध छ, नीति, कार्यक्रम तथा बजेटमार्फत व्यवसायीका अधिकांश माग सम्बोधन भएका छन्।’

उनले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए। उनले रोजगारी सृजनालाई नै केन्द्रमा राखेर काम गर्नु अहिलेको आवश्यकता भएको पनि बताए। मन्त्री भण्डारीले आन्तरिक, बाह्य तथा राजनीतिक कारणले देशको आर्थिक अवस्था केही सङ्कुचित भएको तर्क गरे।

उनले आगामी आवका निम्ति निर्धारित नीति, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए। विगतका नीति तथा कार्यक्रमबीच तालमेल नमिल्दा धेरै योजना ओझेलमा परेको उनले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्