राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Rastiye sava
लोकपाटी न्यूज

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ः १५ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘आर्थिक वर्ष २०८१–८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

त्यसपछि ‘आर्थिक वर्ष २०८१–८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ। यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यता, विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्