अर्थतन्त्रको शिथिलता चिर्ने गरि बजेट ल्याइएको छ : अर्थमन्त्री पुन

Barsaman_Pun
लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रको शिथिलता चिर्ने गरि बजेट ल्याइएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री पुनले नागरिकस्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट ल्याएको बताए।

मन्त्री पुनले बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढंगले बजेट आएको बताए। अर्थमन्त्रीले निजी क्षेत्रले सन्तुलित बजेट आएको प्रतिक्रिया दिएको भन्दै यसलाई सफल कार्यान्वयन गर्ने दायित्व पूरा गर्ने प्रतिबद्धता जनाए।

उनले समग्र जनताका आकांक्षालाई बजेटमार्फत प्रतिबिम्बित गर्ने जिम्मेवारी भएकाले सबैलाई विश्लेषण गरेर कुशलताका साथ विनियोजन भएको जानकारी दिए। राजस्वका दर निकै कम मात्र हेरफेर गरिएको भन्दै अर्थमन्त्री पुनले त्यसले उद्योगलाई संरक्षण गर्ने बताए।

आगामी आर्थिक वर्षको बजेटका लागि निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा प्रस्तुत गरेको सिद्धान्त तथा प्राथमिकताका आधारमा आएको अर्थमन्त्री पुनको भनाइ छ। विनियोजन कुशलता र करका दर हेरफेर गर्दा आवश्यकता तथा औचित्यको गम्भीर विश्लेषण गरेर मात्र गरिएको उनले दावी गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्