नेपाल अभौतिक सांस्कृतिक सम्पदाका दृष्टिले धनी मुलुक हो : मन्त्री तामाङ

hitbahadur tamang-pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले नेपाल भौगोलिक र जनसांख्यिक रुपले सानो मुलुक भए पनि अभौतिक सांस्कृतिक सम्पदाको दृष्टिले धनी मुलुक भएको बताएका छन्।

आज ललितपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको आवधिक प्रतिवेदन तयारी सम्बन्धि राष्ट्रिय परामर्श गोष्टीमा बोल्दै मन्त्री तामाङले यस्तो बताएका हुन्।

हाम्रो भौगोलिक, जातिय, भाषिक एवं सांस्कृतिक विविधता भित्र हाम्रो धेरै सांस्कृतिक सम्पदाहरु रहेको भन्दै मन्त्री तामाङले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको बताए। अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय एवं प्रतिवेदन तयारीमा सहभागी रहेका सबै पक्षलाई मन्त्री तामाङले शुभकामना पनि दिएका थिए।