विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी सनराइज बैंकद्वारा कुश्मामा वृक्षारोपण

pic
लोकपाटी न्यूज
0 Shares

निर्मल पौडेल/पर्वत। विश्व वातावरण दिवसको अवसरमा लक्ष्मी सनराइज बैंक कुश्माले सदरमुकाम कुश्माको शिवालय चोकमा सोमवार वृक्षारोपण कार्याक्रम सम्पन्न गरेको छ।

वान्द्रेविँडी चोकदेखि साझाचोकसम्म गरिएको वृक्षारोपण कार्यक्रममा गुलमोहर, कल्की र जराकान्ड लगायतका ६० विरुवाहरु रोपिएको लक्ष्मी सनराइज बैंक कुश्मा शाखाका शाखाप्रवन्धक अर्जुन पौडेलले जानकारी दिए। शाखा प्रबन्धक पौडेलले यो अभियान देशव्यापी रुपमा संचालन गर्न लागिएको र देशभर पाँचहजार विरुवा रोप्ने लक्ष्य रहेको बताए।

वृक्षारोपण कार्यक्रमको सुभारम्भ कुश्मा नगरपालिका वडा नं.६ का वडाअध्यक्ष ईश्वर गिरीले गरेका थिए। वृक्षारोपण कार्यक्रमपछि मन्तव्य राख्दै वडाअध्यक्ष गिरीले विरुवा रोपेर वातावरण र हरित क्रान्तिमा लक्ष्मी सनराइज वैंकले महत्वपूर्ण भूमिका खेलेको बताए। कार्यक्रममा पूर्व वडाअध्यक्ष रुद्र गिरी, शाखा प्रबन्धक अर्जुन पौडेल, वैंकका कर्मचारी सुवास लामिछाने, अर्जुनप्रसाद रेग्मी, सुजन गौंडेल र भीम काफ्ले लगायतको सहभागिता रहेको थियो।

लक्ष्मी सनराइज बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप (पिसिएएफ) सँग २०२१ देखि आवद्ध हुँदै आएको छ। पिसिएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी समूह हो, जसले वित्तीय संस्थाहरूको कर्जा र लगानीका क्षेत्रहरूमार्फत् उत्सर्जन हुने हरितगृह ग्यासको मूल्यांकन र सोको विवरणहरू संकलन र सार्वजनिक गर्ने काम गर्दछ। आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको कार्बनको असरलाई न्यूनीकरण गर्न पहल अगाडि बढाएको बैंकले जनाएको छ।

विभिन्न हरित परियोजनामा लगानी बढाउनुका साथै आफ्ना डिजिटल प्लेटफर्मको पहुँचलाई अझ सुगम र सुदृढ बनाउने, पूर्ण रूपमा डिजिटल बचत खाताहरूको सञ्चालन गर्ने र ग्राहकहरूलाई दिगो अभ्यासहरू गर्न प्रेरित गर्नेलगायतका कार्यहरू गर्दै आएको बैंकको भनाइ छ।