प्रभु बैंक र स्वीसकन्ट्याक्टबीच सम्झौता

pic-bank
लोकपाटी न्यूज

काठमाडौं। प्रभु बैंक लिमिटेड र स्वीसकन्ट्याक्टबीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी Swisscontact Nepal सहकार्यमा सञ्चालन गरिने ‘Growing together : A Sustainable Agriculture initiative for Koshi Province’ नामक परियोजनाका लागि सम्झौता भएको छ।

उक्त सम्झौता पत्रमा ‘Swisscontact Nepal/ Nepal Agricultural Market Development Programme (NAMDP) Phase’ का तर्फबाट प्रतिनिधि श्री रीमा श्रेष्ठ ज्युले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन ज्युले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरतारव्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराईनेछ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्