स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

health-ministar_
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज मन्त्रिस्तरीय निर्णय गर्दै स्वास्थ्यका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको उनका स्वकीय उपसचिव निखिल बर्नवालले जानकारी दिए। आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा प्रदिप केसीलाई दिइएको छ।

यस्तै इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा यदुचन्द्र घिमिरे, भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा कृष्णप्रसाद पौडेल र कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी रविनराज सिंहलाई दिइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्