फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

Gold
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। (आज) बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुनको मूल्य आज एक लाख ४३ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै चाँदीको मूल्य आज एक हजार आठ सय ५० रुपैयाँ निर्धारण गरिएको छ। चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार आठ सय २५ रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्