स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित चार चिनियाँ नागरिक पक्राउ

लोकपाटी न्यूज

भक्तपुर। प्रहरीले सूर्यविनायक नगरपालिकाको भातेढिकुरबाट स्रोत नखुलेको ठूलो रकमसहित चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। साँगाबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले बुधबार दिउँसो स्रोत नखुलेको ६९ लाख ५ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन्। साँगाबाट जगातीतर्फ आउँदै गरेको ट्याक्सीलाई प्रहरीले चेकजाँच गरेको थियो।

जाँच गर्ने क्रममा उक्त ट्याक्सीमा सवार चार जना चिनियाँ नागरिकलाई उक्त नगदसहित पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्