नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम बढ्यो

nepse-1
लोकपाटी न्यूज

काठमाडौं। साताको अन्तिम कारोबारको दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज -(नेप्से) झिनो अंकले घटेको छ। बजार बन्द हुँदा नेप्से १.९३ अंकले घटेर २०७७.७८ विन्दु कायम भएको छ। बजार झिनो अंकले घटेको भएपनि कारोबार भने ४ अर्ब बढीको भएको छ।

आज ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार रुपैयाँ बराबरको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर ५९ हजार ६५० पटक किनबेच भएको छ।बिहीबार ३२२ कम्पनीको शेयर कारोबार हुँदा १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३५ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ।

बिहीबार सेन्सेटिभ इन्डेक्स १.२७ अंकले, फ्लोट इन्डेक्स ०.३५ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५२ अंकले घटेको छ। १३ वटा समूहमध्ये ५ समूहको शेयर मूल्य बढेको छ भने ८ समूहको शेयर मूल्य घटेको छ।

आज फाईन्स समूहकोको सबैभन्दा बढी मूल्य घटेको छ भने ट्रेडिङ समूहको सबैभन्दा बढी बढेको छ। फाइन्सको ४५.८७ अंकले घटेको छ भने ट्रेडिङको ५८.३५ अंकले बढेको छ। आज इमर्जिङ नेपाल, मिड सोलु हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्