मधेसको मुख्यमन्त्रीको उमेदवार सिंहलाई बनाउने जनमत पार्टीको निर्णय

Satish_Kumar_Singh
लोकपाटी न्यूज

काठमाडौं। जनमत पार्टीले सांसद सतिशकुमार सिंहलाई मधेसको मुख्यमन्त्रीको उमेदवार बनाउने निर्णय गरेको छ। प्रदेश सांसद वसन्तकुमार कुशवाहका अनुसार सिंहलाई मुख्यमन्त्रीको उमेदवार बनाउने निर्णय भएको हो।

सिंह सप्तरी-२ (१) बाट निर्वाचित सांसद हुन्। जनमतको मधेस प्रदेश संसदीय दलको नेता भने महेशप्रसाद यादव छन्। जनता समाजवादी पार्टीका सरोजकुमार यादवले विश्वासको मत नपाएपछि बुधबार पदमुक्त भएका थिए।

मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबारसम्मको समय दिइएको छ। केन्द्रीय सत्ता गठबन्धनमा आवद्ध दलको साथ पाएको जनमतले मुख्यमन्त्रीमा बिहीबार नै दाबी पेस गर्नेबारे छलफल भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्