दक्षिणपन्थी अवसरवाद नतोडेसम्म समाजवादी क्रान्ति अघि बढ्न सक्दैन : झलनाथ खनाल

Jhalanath_Khanal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेले माक्र्सवाद, लेनिनवादभन्दा पहिला जबज लेखेर आजको समाजवादी क्रान्तिको युगमा लाजमर्दो काम गरेको बताए। नेता खनालले एमाले अध्यक्ष केपी ओलीलाई बुर्जुवा विचारले अधोपतनतिर रुपान्तरण गरिदिएको दाबी गरे।दक्षिणपन्थी अवसरवाद नतोडेसम्म समाजवादी क्रान्ति अघि बढ्न नसक्ने उनले बताए।

उनले एमालेसँग एकीकृत समाजवादीको सैद्धान्तिक र वैचारिक भिन्नता प्रस्ट पारिनुपर्नेमा जोड दिए। समाजवादी संगठन निर्माण गर्न शक्तिशाली पार्टी चाहिने उनले बताए। उनले सही कार्यदिशा लिएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।