यस वर्षको मनसुन प्रणाली नेपाल भित्रियो

mausam water
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। यो वर्षको मनसुन प्रणाली सोमबार नेपाल प्रवेश गरेको छ। भारतबाट कोशी प्रदेश हुँदै मनसुन नेपाल भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि प्रवेश गरेको छ ।

यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ। सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्