सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ

Rajesh-shrestha-arest
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सेन्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो।

एसपी होबिन्द्र बोटगीका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल पक्राउ परेका छन्।

कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा ब्युरोले यसअघि सेन्चुरीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारीलाई पक्राउ गरेको थियो।

प्रहरीको अनुसन्धानमा उनीहरूले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको खुलेपछि ब्युरोले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानमा ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी भएको ब्युरोको दाबी छ। उनीहरू १ चैतमा हाजिर जमानीमा छुटेका थिए। हाल सेन्चुरी बैंक प्रभुमा गाभिइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्