गण्डकी प्रदेशमा मन्त्रिपरिषद विस्तार

Gandaki-pradesh
लोकपाटी न्यूज
0 Shares

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन्। मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) र नेकपा (माओवादी केन्द्र)  को चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन्।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरूङ र देवकोटालाई मंगलबार मन्त्री नियुक्त गरेका हुन्। गुरूङलाई भौतिक पूर्वाधार र देवकोटालाई ऊर्जा मन्त्री नियुक्त गरिएको हो। साथै नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख भट्टले शपथ गराएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्