सूचना र प्रविधिको क्षेत्रमा जानकार नहुँदा बढी अनियमितता : मन्त्री शर्मा

Rekha_Sharma
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको क्षेत्र आम जनताले नबुझ्ने क्षेत्र र धेरै अनियमितता हुने क्षेत्र भएको बताएकी छन्। मंगलवार काठमाडौंमा अयाोजित एक कार्यक्रममा बोल्दै उनले सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने गरेको बताइन्।

उनले अनियमिततालाई नियन्त्रण गर्न यस क्षेत्रलाई आम जनताले बुझ्न सक्नुपर्ने बताइन्। उनले यस क्षेत्रको अनियमितताबारे सबैतिरबाट खबरदारी हुन आवश्यक रहेको बताइन्। उनले यस क्षेत्रमा हुने अनियमितताको बारेमा जानकार नहुँदा बढी अनियमितता हुने गरेको बताइन्।

मन्त्री शर्माले विगतका नीति, नियम, कानून समयसापेक्ष बनाइ नागरिकलाई सचेत गराउन आवश्यक रहेको बताइन्। उनले आगामी आर्थिक वर्षलाई सूचना, प्रविधि दशकको प्रस्थान वर्षको रुपमा अगाडि बढाउने र सूचना प्रविधिलाई अर्थतन्त्रको खम्बाहरुका रुपमा स्थापित गर्ने, नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने, सूचना प्रविधि क्षेत्रमा १० वर्षमा ३० खर्ब रुपैयाँ बराबरको सेवा निर्यात गर्ने र ५ लाखलाई प्रत्यक्ष, अप्रत्यक्ष १० लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्य निर्धारण गरिएको बताइन्।