संखुवासभामा पहिरोले पुरिएर एक मजदुरको मृत्यु

death
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

खाँदबारी। संखुवासभाको चिचिला गाउँपालिका-३ सोलाखानीमा पहिरोले पुरिएर एक मजदुरको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्।मंगलबार राति परेको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार अन्य दुई जना सामान्य घाइते भएका छन्। घाइते हुनेहरुमा मकवानपुरका उमेश कार्की र गोविन्द थारू छन्। उनीहरुको उपचार हाइड्रोपावरकै क्लिनिकमा गरिएको थियो। कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्