सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा थुप्रै सकारात्मक पहल भएका छन् : प्रधानमन्त्री

Prachanda_PM-CM
लोकपाटी न्यूज

चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा थुप्रै सकारात्मक पहल भएको बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग उनले राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, ‘यो सन्तोषजनक छ। राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आवश्यकता म ठान्छु।’ प्रधानमन्त्री प्रचण्डले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताए। उन बजेट समग्रमा सन्तोषजनक रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ।’ प्रहरी महानिरीक्षकको परिवर्तनका सन्दर्भमा उनले कुनै परिवर्तन नहुने बताए।

प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले अस्तिको दिन मात्रै तीनै जना आइजिपिहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईंहरु ढुक्कसँग काम गर्नुस् भनिसकेको छु। त्यही गतिमा उहाँहरूले काम गर्नुभएको छ। यो हल्ला मात्रै हो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्