चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

Gold
लोकपाटी न्यूज

काठमाडौं। स्थानीय बजारमा चाँदीको मूल्य आज सामान्य वृद्धि भएको छ भने सुनको मूल्य भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार प्रतितोला एक हजार आठ सयमा कारोबार भएको चाँदी आज १५ ले बढेर एक हजार आठ सय १५ मा कायम भएको छ।

महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबारका लागि प्रतितोला एक लाख ४२ हजार दुई सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार पाँच सय कायम छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्