जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन

lumbini pradesh sava
लोकपाटी न्यूज

देउखुरी। जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मितिदेखि नै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन्।

यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ।

सो पार्टी विभाजनपछि काफ्ले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमै बसेका थिइन्। पार्टीका प्रदेशसभा सदस्यमध्ये भण्डारीलाल अहिर र आदेश अग्रवालले भने अशोक राई नेतृत्वको जसपा रोजेका थिए। उनले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सरकार भने अल्पमतमा पर्दैन।