झापामा चट्याङ लागेर एकजनाको मृत्यु

Lightning-chatang
लोकपाटी न्यूज

बिर्तामोड। झापाको कमल गाउँपालिका-२ समईगढमा आज चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। खेतमा ट्याक्टरले जोत्ने क्रममा चट्याङले लागेर स्थानीय ४६ वर्षीय राजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

खड्का बिहान ७ बजे चट्याङले लागेर घाइते भएका थिए। उनलाई उपचारका लागि आम्दा अस्पताल दमक र्पुयाएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्