भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ

Bechan-jha-pic
लोकपाटी न्यूज

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ परेका छन्। उनलाई गएराति कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। झामाथि बिचौलियालाई गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ।

यसअघि हिजो प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पक्राउ गरेको थियो। उनी काठमाडौंको बौद्धबाट पक्राउ परेका थिए। उनी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्