पटिहानीमा ५३ जनाले गरे रक्तदान

blooddonation
लोकपाटी न्यूज
0 Shares

चितवन। भरतपुर-२२ पटिहानीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन्। चितवनमा हुँदै गएको रक्त अभावलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ नेपाल रेडक्रस सोसाइटी उपशाखा पटिहानीको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ८ महिलासहित ५३ जनाले रक्तदान गरेको उपशाखा सचिव छविराम पौडेलले जानकारी दिए।

भरतपुर-२२ भित्र रहेका टोल बिकास संस्थाहरु र कसरा पर्यटन व्यवसायी समितिको सह-आयोजना एवं भरतपुर महानगरपालिका-२२ नम्बर वडा कार्यालयको प्रवद्र्धनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो।

उपशाखा सभापति कृष्णहरि शर्माको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा पर्यटन व्यवसायी, विभिन्न टोल विकास संस्थाका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्