थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश सकुन्तला कार्कीको इजलासले आज सो प्रकरणमा थापाको पनि संलग्नता देखिएको उल्लेख गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार चलान गरिएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दामा संलग्नताको आरोपमा थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्